सोधिरहने प्रश्नहरू

खोरेत रोग भनेको के हो?

खोरेत रोग भनेको आर्थिक दृष्टिकोणले महत्वपूर्ण महामारीजन्य अति छिटो विषाणुयुक्त पशु रोग हो। यस रोगले खुरफट्टा जनावरहरु जस्तै गाई-भैँसी, भेँडा, बाख्रा, बङ्गुर लगाएत जनावरहरुलाई असर गर्दछ। 


खोरेत रोग के कारणले लाग्दछ?

खोरेत रोग पिकोर्नाभिरिडे फ्यामिलि अन्तरगत एप्थोभाईरस विषाणुको कारणले पशुहरुमा लाग्दछ। यस विषाणुका ७ वटा सेरोटाइपहरु; ए, ओ, सि, स्याट-१, स्याट-२, स्याट-३ र एसिया-१ रहेका छन्। 


संसारमा सबैभन्दा धेरै पाइने खोरेत रोगको सेरोटाइप कुन हो?

संसारमा सबैभन्दा धेरै पाइने खोरेत रोगको सेरोटाइप 'ओ' हो। खोरेत रोगमा एउटा सेरोटाइप विरुद्ध खोप लगाउँदा अर्को सेरोटाइपको विरुद्ध रोग प्रतिरोधात्मक क्षमता उत्पादन हुँदैन। 


खोरेतको विषाणु कस्तो प्रकृतिको विषाणु हो?

खोरेत विषाणु एकल-स्ट्र्यान्डेड, प्लस-सेन्स आर.एन.ए विषाणु हो जसमा लगभग ८५०० बेस पेएरहरुलाई ४ वटा संरचनात्मक प्रोटिनहरुले घेरेको हुन्छ भने बाहिय सतहमा आइकोसा हेड्रल क्याप्सिड हुन्छ।

 

खोरेत रोगका विरुद्ध खोप उपलब्ध छ? छ भने खोपको तालिका के-के हुन्?

खोरेत रोगका लागि विभिन्न सिरोटाइपहरु विरुद्ध खोपहरु उपलब्ध रहेको छ। 

 

खोरेत बिरुद्धको खोप तालिका:

खोरेत रोग विरुद्बको खोप (Trivalent killed vaccine; Virus Strains O, A and Asia -1)लगाउने तालिका

 

गाई, भैसि तथा भेडा, वख्रा

सुङ्गुर/बंगुर

पहिलो पटक

४ महिनाको उमेरमा

२ महिनाको उमेरमा

दोस्रो पटक

पहिलो पटक खोप लगाएको १ महिना पछि

पहिलो पटक खोप लगाएको १ महिना पछि

पू: खोप

प्रत्येक ६-६ महिनामा

प्रत्येक ६-६ महिनामा

 


नेपालमा खोरेत रोगको अवस्था के रहेको छ?

नेपालमा खोरेत रोग सूचिकृत पशु रोगका रुपमा रहेको छ जसको अर्थ हुन्छ यो रोग नेपालमा आर्थिक हिसाबले महत्वपूर्ण सीमाबिहीन पशु रोग हो।