कार्यरत कर्मचारीहरुको कामको वांडफांड

खोरेत तथा सिमाबिहिन पशुरोगअन्बेशण प्रयोगशाला

वुढानिलकण्ठ, काठमाण्डौ

 

 

 प्रयोगशालाको स्वरुप र प्रकृति

पशुहरुमा लाग्ने खोरेत रोगको निदान तथा नियन्त्रणको लागि आवश्यक रणनीति तर्जुमा र नेपाल अधिराज्य भर विभिन्न कार्यक्रमहरु संचालन गर्न वि.सं.२०४० सालमा National Epidemiological Laboratory of FMD नामवाट यस प्रयोगशाला स्थापना भएको हो । स्थापना काल देखि समय अनुसार कार्यालयको संरचना तथा नामाकरणमा विभिन्न परिवर्तन भई उध्देश्यमा समेत तद् अनुसारको हेरफेर हुंदै कृषि तथा पशुपन्छी बिकास मंत्रालय, पशु सेवा विभागअन्तर्गत खोरेत तथा सिमा बिहिन पशुरोग अन्बेषण प्रयोगशाला भएको छ । विश्व व्यापार संघको सदस्यता प्राप्त राष्टको हैसियतले सिमाविहिन पशुरोगहरुको लागि राष्टिय स्तरमा प्रभावकारी निदानको व्यावस्था गर्नुपर्ने अनिवार्यतालाई समेत मध्य नजर राखि यस प्रयोगशालाको निम्न उध्देश्य र कार्यविधि निर्धारण भएका छन् ।

 

कार्यालयको उध्देश्यहरु (Objectives)

१. टाड्स रोगहरुको अन्वेषण तथा प्रयोगशाला कार्य गरि रोग नियन्त्रणमा सहयोग पुर्याउने।

२. टाड्स रोग अन्वेषण, निदान, नियन्त्रण संवन्धि राष्टिय तथा अन्तराष्टिय प्रयोगशालाहरु संग संमन्वय गरि कार्य गर्ने ।

३. टाड्स रोग संवन्धि नीति नियम वनाउन पशु सेवा विभागलाई सहयोग पुर्याउने ।

 

प्रयोगशालाको काम, कर्तव्य र अधिकार

सार्वजनिक निकायको दायित्व वमोजिमका कार्यहरु सम्पादन गर्नुपर्ने कार्यालय प्रमुखको हुने भए पनि प्रयोगशाला प्रमुखलाइ सहयोग गर्नु पर्ने कार्य सूचना अधिकारी लगायत निकायको संपूण पदाधिकारीहरुको हुने हुंदा तपशिलमा उल्लेखित कार्यहरु गरिने ।

परिक्षण तरिका र प्रक्रियाः

परिक्षण प्रकृया कार्यालयले तोकेको विधि अनुसार हुनेछ जुन वैज्ञानिक आधारमा हुनुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय Standard अनुसार समसामयिम परिमार्जन गरी निर्देश सामग्रीको रुपमा प्रयोशालामा राखीने छ ।

बाह्य प्रयोगशालाहरुसंग समन्वयः

यस प्रयोगशालामा परिक्षण गरिएको नमुनाहरु परिक्षण, विश्लेषणको लागि विभागबाट मान्यता प्राप्त प्रयोगशालाहरुमा तथा OIE Reference Lab हरुमा नमूनाहरु सोझै पठाउन सक्नेछ ।

परीक्षण र मापन उपकरणहरुः

१. यस प्रयोगशालामा आवश्यक प्रयोगशाला उपकरणहरुको व्यवस्था मिलाईने छ ।

२. औजार, उपकरणहरु उत्पादनकर्ताको संचालन निर्देशन अनुसार विशेष ध्यान दिई प्रयोग÷संचालन गरिनेछन् ।

३. उपकरणहरुको प्रयोग, क्षमता अनुसार काम गरेको/नगरेको, तिनीहरुमा कुनै त्रुटी आएको, तिनीहरुको मर्मत संभार जस्ता रेकर्डहरु दुरुस्त राखिनेछन् ।

४. समय समयमा क्यालीब्रेशन गर्नुपर्ने उपकरणहरुमा ट्याग÷लेबुल लगार्ई अन्तिम पटक गरिएको क्यालीब्रेशन र अर्को पटक गर्नुपर्ने क्यालीब्रेशन मिति राखिनेछ ।

५. उपकरणहरुमा सम्बन्धित विशेषज्ञता भएका फर्महरुको लिस्ट कायम गरिएको रेकर्ड राखिन्छ र सो लाई समय समयमा पुनरावंलोकन गरीनेछ । उपकरणहरुलाई टुटफुट हुनबाट वचाउन र आकस्मिक रुपमा हुनसक्ने मर्मत कार्य कम गर्न समय मै मर्मत संभार गर्ने व्यवस्था मिलाईनेछ ।

६. औजार उपकरण किन्दा वा अनुदानमा प्राप्त गर्दा गुणस्तरीय सामान वा औजार मात्र ल्याईनेछ ।

 

अभिलेख (Records)

१. Observation , Calculation र अन्य रेकर्डहरुको रजिष्टर परीक्षणमा जिम्मेवार कर्मचारीहरुले व्यवस्थित गरी राख्नेछन् ।

२. laboratory Analytical Report / Laboratory Analysis Record व्यावस्था हुनु पर्ने छ ।

३. परीक्षण र विश्लेषण रिपोर्टको प्रतिलिपिहरुको व्यवस्थित गरी राख्नु पर्नेछ ।

 

स्वामित्व (Property Rights)

यस प्रयोगशालाले निकालेको रिपोर्ट पशु सेवा विभागको सम्पत्ति हुनेछ ।

सूचना सम्बन्धी व्यवस्थाः

क) यस प्रयोगशालाले आफ्नो बिषय वस्तुसंग सम्बन्धित नीति, मापदण्ड, सर्कुलर आदिका १।१ प्रति कार्यकक्षमा राख्नै पर्नेछ । साथै त्यस्ता दस्तावेजका ई–कपी पनि कम्प्युटरमा राख्न्नु पर्नेछ ।

ख) यदि सरोकारवालाले नीति, मापदण्ड, सर्कुलर वा अन्य नीतिगत वा कानूनी व्यवस्था वारे जानकारी लिन आएमा शाखाका अधिकृतले सो वारे जानकारी गराउंनु पर्नेछ ।

ग) यदि स्विकृत भएका नीति, मापदण्डहरु वारे पत्र–पत्रिकाको माध्यमबाट जानकारी गराउन वान्छनीय देखिएमा कार्यालयको प्रमुखले आधिकारिक पत्रद्वारा अनुरोध गरी छापामा पठाउंनु पर्नेछ र सो को जानकारी कम्तिमा माथिल्लो निकायमा गराउंनु पर्नेछ ।

 

अभिलेख (Records)

क) प्रयोगशाला संग सम्बन्धित रेकर्डहरु सम्बन्धित शाखाका जिम्मेवार अधिकृतले राख्नु पर्नेछ ।

ख) प्रयोगशाला संग सम्बन्धित नीति, मापदण्ड, सर्कुलर बाहेक अन्य कागजातहरु गोप्य राखिने छन् ।

ग) अन्य बिषय वस्तु अर्थात प्राविधिक परीक्षण, गुनासो, अधिकार प्रत्यायोजन, समन्वय, जवाफदेहीपन, अनुगमन, नसिहतको व्यवस्थाको सम्बन्धमा प्रयोगशाला शाखाको कार्यक्षेत्रमा उल्लेख भए बमोजिम हुनेछ ।

 

अधिकार प्रत्यायोजनः

कार्यालय प्रमुखको अनुपस्थितिमा उपस्थित सिनियर अधिकृतलाई कार्यालय संचालनको जिम्मेवारी हुनेछ र सो को जानकारी पशु सेवा विभागलाई दिनुपर्ने छ । अन्य सहकर्मी कर्मचारीहरुको अनुपस्थितिमा कार्यालय प्रमुखले उपस्थित अन्य कर्मचारीलाई जिम्मेवारी दिनसक्नेछ ।

 

समन्वय गर्नुपर्ने निकायहरुः

कृषि तथा पशुपन्छी विकास मंत्रालय तथा अन्तरगतका विभिन्न कार्यालयहरु, कार्यक्रम संचालनको लागि समन्वय गर्नुपर्ने महत्वपूर्ण निकायहरु हुनेछन ।

 

जवाफदेहीपनः

प्रयोगशालाको समष्टिगत रुपमा उत्तरदायित्व कार्यालय प्रमुखको हुनेछ । कार्यालय प्रमुखले कार्य प्रकृति अनुसार अन्य अधिकृतहरुलाई जिम्मेवारी तोक्न सक्नेछ । यसैगरी प्रत्येक शाखाको कार्यको लागि सम्बन्धित शाखा प्रमुख जिम्मेवार हुनेछ । शाखा प्रमुख कार्यालय प्रमुख प्रति जवाफदेही हुनेछन् । शाखाका कर्मचारीहरु प्रत्यक्ष रुपमा शाखा प्रमुख प्रति उत्तरदायी हुनेछन् ।

 

अभिलेख व्यवस्थापनः

हरेक शाखाबाट उठान भएका निर्णय फाईल तथा अन्य कागजातहरु व्यवस्थित रुपमा राख्ने जिम्मा तोकिएको फाँटवालाको हुनेछ । निर्णयको फाईल वा कागजात प्राप्त भए पछि शाखा प्रमुखले सरोकारवालालाई जानकारी दिनु पर्नेछ । फाईल वा कागजातको जिम्मेवारी लिएका कर्मचारीले विदामा बस्दा सो जिम्मा शाखा प्रमुखले अन्य कर्मचारीलाई दिनु पर्नेछ । फाईल वा कागजातको जिम्मेवारी लिएका कर्मचारी अन्यत्र सरुवा भै जानुपर्ने भएमा सरुवा भै आउने कर्मचारीलाई वा तोकिएको अन्य कर्मचारीलाई बरबुझारथ गर्नु पर्नेछ ।

 

सूचना उपलब्ध गराउने व्यवस्थाः

कार्यालयसंग सम्बन्धित कार्यहरु वा सूचनाको जानकारी माग्न आएमा पत्रकार वा अन्य महानुभावहरुले कार्यालय प्रमुख वा निजले तोकेको सूचना अधिकारीले नियमानुसार सूचना उपलब्ध गराउनेछ ।

 

अनुगमन् व्यवस्थाः

(क) कार्यालय प्रमुखले महिनामा एक पटक अनिवार्य रुपमा स्टाफ बैठक राखी शाखा, फाँट, इकाईका समस्या तथा कार्य प्रगति सम्बन्धि छलफल गर्ने र बैठकको निचोडलाई समाधान र कार्यान्वयन गर्नेछ ।

(ख) कार्यालय प्रमुख स्वंयमले शाखा, फाँट, इकाईको आकस्मिक रुपमा समय समयमा निरीक्षण तथा अनुगमन गर्नेछ।

 

प्राविधिक गुनासो, उजुरी र पुनरावेदन सम्बन्धि व्यवस्थाः

१. सबै किसिमका प्राविधिक गुनासो/उजुरी प्रयोगशाला प्रमुखलाई संबोधन गरी उजुरी पेटीकामा हाल्नु पर्नेछ; सो सम्भव नभएमा हुलाक रजिष्ट्रि गरि पठाउनु पर्नेछ । उजुर गर्दा उजुरकर्ताले अनिवार्य रुपमा प्रमाण पेश गर्नु पर्नेछ ।

२. प्रयोगशालाका प्रमुखले आफ्नो कार्यालयमा कार्यरत र्मचारीहरुसंग सम्पर्क गरी परेका उजुरी/गुनासो माथि उपयुक्त कार्यवाही गर्नु पर्नेछ ।

३. इमेलबाट प्राप्त भएको गुनासा/उजुरीमा दस्तखत र मिति भएमा त्यसलाई आधिकारिक पत्र मानी सोही बमोजिम कारवाही अगाडी बढाउनु पर्नेछ ।

४. प्रमाण संलग्न नभएको वा बेनामी वा टेलिफोनबाट प्राप्त भएका सूचनाहरुको आधारमा प्रयोगशालाले आफ्नो तर्फबाट तहकीकात अनुसन्धान गर्न सक्नेछ ।

५. कुनै पनि अवस्थामा उजुरीकर्ताको नाम सार्वजनिक गरिने छैन् ।

उजुरी सुन्ने अधिकारीः

(क) कार्यालयमा उजुरी परेपछि सम्बन्धित कार्यालय प्रमुखले सो उजुरी उपर आवश्यक जाँचबुझ गरी एक हप्ता भित्र टुङ्गो लगाउनु पर्नेछ ।

(ख) उजुरीको विषयवस्तुको प्रकृति हेरी तत्काल टुङ्गो लगाउन नसकिने भए सोही विषयको जानकारी सम्बन्धितलाई सरोकारवाला) दिई आवश्यक कारवाही अगाडी बढाउनु पर्नेछ ।

 

पदको कार्य विवरणः

सामन्यतयाः विभिन्न पदहरुको कार्य विवरण देहाय बमोजिमको हुनेछ र स्विकृत कार्यक्रमको आधारमा यि कार्य विवरणहरुमा केहि परिवर्तन हुन सक्नेछ ।

बरिष्ठ पशु चिकित्सकः

१. नीति तर्जुमा र Standard setting को कार्य गर्ने ।

२. कार्यालय प्रमुखको हैसियतले कार्यालयको दैनिक व्यवस्थापकीय कार्य, योजना तर्जुमा, योजना कार्यान्वयन, स्टोर, प्राविधिक, प्रशासनिक, आर्थिक प्रशासन सम्बन्धी संपूर्ण कार्यहरु गर्ने, गराउने ।

३. यस प्रयोगशालाको ६।६ महिनामा Proficiency Testing र Quality Testing गर्ने ।

४. श्रोत, परीक्षणसंग सम्बन्धित डकुमेन्ट्स, रिर्पोट्सहरुको नियन्त्रण र Calibration ।

५. Quality Auditing को कार्य गर्ने ।

६. समय समयमा नेपाल सरकारबाट प्राप्त निर्देशनहरु कार्यान्वयन गराउने ।

शाखा तोकिएका कार्य विवरण

नमुना परिक्षण तथा विष्लेशन शाखा

१. प्रयोगशालाको कार्य योजना तयार गरी कार्यान्वयन गर्ने ।

२. प्रयोगशाला परीक्षणको नतिजा तयार पार्ने ।

३. प्रयोगशालामा हुने दैनीक कार्य निरीक्षण व्यावस्था मिलाउने ।

४. प्रयोगशाला पेश भएका प्राविधिक Documents को Verification गर्ने ।

५. परीक्षण गरिएका नमूनाहरुको नतीजा समयममा सम्बन्धित निकायमा पठाउने व्यावस्था मिलाउने ।

६. कार्यालय प्रमुखलाई आवश्यकता अनुसार सहयोग गर्ने ।

७. प्रयोगशाल सम्बन्धि कागजातहरुको रेकर्ड राख्ने ।

८. कम्प्यूटर टाईपिङ, डाटाबेस रेकर्ड व्यवस्थापनको कार्य गर्ने ।

१०. नमूना संकलन तथा परिक्षण तथा नतिजा सम्प्रेशन गर्ने ।

मोलिकुलर वायोलोजि शाखा;

१. प्रयोगशालाको कार्य योजना तयार गरी कार्यान्वयन गर्ने ।

२. प्रयोगशाला परीक्षणको नतिजा तयार पार्ने ।

३. प्रयोगशालामा हुने दैनीक कार्य निरीक्षण व्यावस्था मिलाउने ।

४. प्रयोगशाला पेश भएका प्राविधिक Documents को Verification गर्ने ।

५. परीक्षण गरिएका नमूनाहरुको नतीजा समयममा सम्बन्धित निकायमा पठाउने व्यावस्था मिलाउने ।

६. कार्यालय प्रमुखलाई आवश्यकता अनुसार सहयोग गर्ने ।

७. प्रयोगशाल सम्बन्धि कागजातहरुको रेकर्ड राख्ने ।

८. कम्प्यूटर टाईपिङ, डाटाबेस रेकर्ड व्यवस्थापनको कार्य गर्ने ।

९. नमूना संकलन तथा परिक्षण तथा नतिजा सम्प्रेशन गर्ने ।

१०. RNA Extraction

११. Preparation of reagents

१२. Prepare Master Mix

१३. Gel Preparation (1.2 %)

१४. Amplification, Gene sequencing गर्ने ।

 

जैविक सुरक्षा तथा गुण नियन्त्रण शाखा

 

१.केमिकल्स, रिएजेन्ट्स, मिडियाको व्यवस्था, प्रयोगशाला जैबिक शुरक्षा

  • केमिकल्स, रि—एजेन्टस् र मिडिया छुट्टाछुट्टै केबिनेटमा राखिने छ ।
  • कन्सन्ट्रेटेड एसीड र अल्काली सुरक्षित स्थानमा अलग राखिने छन् र तिनको प्रयोगमा विशेष सावधानी   अपनाउनुको साथै सामान्य केमिकल्स, मिडिया र रि—एजेन्टस्बाट टाढा राखिने छन् ।

२. हरेक वर्ष आषाढ र पौष महिनामा उपरोक्त सामग्रीहरुको जाँच कार्यालय प्रमुखबाट वा कार्यालय प्रमुखले तोकेको अधिकृतबाट गराउने तर आवश्यक ठानेमा कार्यालय प्रमुखले कुनै पनि समयमा प्रयोगशाला उपकरण तथा सामग्रीको जाँच गराउन सक्नेछन् ।

प्रयोगशाला वातावरणः

१. प्रत्येक दिन ल्यावको कोठाहरु उपयुक्त Sanitizer ले सफा गरीने ।

२. प्रत्येक दुई हप्तामा प्रयोगशालालाई निर्मलीरण गरिनेछ ।

३. प्रयोगशालामा वातानुकुलित सुविधाको व्यवस्था मिलाईने छ ।

४. प्रयोगशालामा उपयुक्त डिभाईस, मिजर्सको प्रयोग गरी धुलो—धुवारहित वातावरण कायम राखिने छ ।

५. प्राविधिकले समेत एप्रोन, मास्क, प्रयोगशाला स्लीपर, हेड कभर आदि नलगाईकन प्रयोगशालामा प्रवेश गर्न पाउने छैनन् ।

६. प्राविधिकहरुलाई सुरक्षित ग्लोबको प्रयोग गर्न प्रोत्साहीत गरिनेछ ।

७. सामान्य उद्देश्यको लागि निमर्लीकरण गरिएको पानी र परीक्षणको लागि डिस्टील्ड वाटर मात्र प्रयोग गरिने छ ।

८. प्रयोगशालाको सिलिङ र भित्ताहरुलाई वर्षमा एक पटक उपयुक्त सेनिटाईजरको प्रयोग गरि सफा गरिने छ ।

९. कार्यालयको मासिक, चौमासिक र वार्षिक प्रगति प्रतिवेदन तयार गर्न सहयोग गर्ने ।

१०. आवश्यकता अनुसार कार्यालयले / अधिकृतहरुले तोकेको अन्य कार्यहरु गर्ने ।

११. प्रयोगशाला सम्बन्धी सम्पूर्ण कार्यहरुमा सहयोग गर्ने ।

१२. प्रयोगशाला र प्रयोगशाला उपकरणको सरसफाई तथा निर्मुलिकरण कार्यको सुपरिवक्षण गर्ने ।

१३. प्रयोगशाला परीक्षण पश्चात उत्पन्न हुने जैविक तथा अन्य पदार्थको सुरक्षित डिस्पोज गर्ने व्यबस्था मिलाउने ।

 

जैविक सुरक्षा अन्तर्गतका अन्य कार्यहरु

 

Lab Biosecurity; प्रयोगशालामा परिक्षण कार्यको लागि प्राप्त भएका विभिन्न रोगहरुको नमुनाहरु तपशिलमा उल्लेखित कार्यहरु अपनाई Biosecurity लाई विषेश ध्यान पुर्याईने छ ।

  • Infectious Liquid; परिक्षण कार्य पश्चात वांकी रहेका द्ययियम Blood component/tissue हरुलाई Autoclave Bag मा राखि 121 0 C 15 lb प्रेशरमा 15 मिनेट राखि नष्ट गरिने छ । वांकी रहेका Equipment हरुलाई 2%Hypochloride solution मा दई घन्टा सम्म राखि Flush गरिने ।
  •  Infectious solid:   Reusable:- पुनस् प्रयोगमा आउने औजारहरुलाई 1%Hypochloride solution मा दुई घन्टा राखि ड्वाउने र Liquid Soap(Laboline) ले सफा गरि Hot Air oven dry गरि पुन प्रयोगमा ल्याउने।Non reusable:- Contaminated swab, Paper, Plastic हरुलाई Autoclave गरि नष्ट गर्ने ।

 प्रयोगशाला अन्तर्गतका शाखाहरु

 

मोलिकुलर वायोलोजि शाखा र नमुना परिक्षण तथा विष्लेशन शाखा

१. प्रयोगशालाको कार्य योजना तयार गरी कार्यान्वयन गर्ने ।

२. प्रयोगशाला परीक्षणको नतिजा तयार पार्ने ।

३. प्रयोगशालामा हुने दैनीक कार्य निरीक्षण व्यावस्था मिलाउने ।

४. प्रयोगशाला पेश भएका प्राविधिक Documents  को Verification गर्ने ।

५. परीक्षण गरिएका नमूनाहरुको नतीजा समयममा सम्बन्धित निकायमा पठाउने व्यावस्था मिलाउने ।

६. कार्यालय प्रमुखलाई आवश्यकता अनुसार सहयोग गर्ने ।

७. आवश्यकता अनुसार कार्यालयले अधिकृतहरुले तोकेको अन्य कार्यहरु गर्ने ।

८. प्रयोगशाला सम्बन्धि कागजातहरुको रेकर्ड राख्ने ।

९. कम्प्यूटर टाईपिङ, डाटाबेस रेकर्ड व्यवस्थापनको कार्य गर्ने ।

१०. नमूना संकलन तथा परिक्षण तथा नतिजा सम्प्रेशन गर्ने ।

११. Amplification, Gene Sequencing गर्ने ।

 

लेखापालः

१. आर्थिक प्रशासन सम्बन्धी सम्पूर्ण कार्य गर्ने ।

२. तोकिएको समयमा फाँटबारी लगायत अन्य आर्थिक विवरणहरु तयार पारी सम्बन्धित निकायमा पठाउने ।

३. प्राप्त निकासा रकम खातामा आम्दानी बांधी आर्थिक ऐन, नियम अनुसारको कार्यविधि अपनाई र प्रकृया पु¥याई खर्च लेख्ने ।

४. बेरुजु फश्र्यौट सम्बन्धि कार्वाही गर्ने ।

५. मंत्रालय, विभाग, म.ले.नि., को.ले.नि.बाट समय समयमा जारी भएको निर्देशन एवं परिपत्रहरुको जानकारी राखी सोही अनुसार कार्य संम्पादन गर्ने ।

६. आन्तरिक र अन्तिम लेखा परिक्षण गराउने ।

७. आवश्यकता अनुसार कार्यालयले वा अन्य सिनियर कर्मचारीहरुले तोकेको अन्य कार्यहरु गर्ने ।

 

खरिदारः

१. दर्ता, चलानी लगायत प्रशासन सम्बन्धी सम्पूर्ण कार्य गर्ने ।

२. फाईलिङ, रेकर्डिङ र पत्राचार गर्ने कार्यहरु गर्ने ।

३. जिन्सी सामानहरुको आवश्यक मर्मत, संभार तथा मिनाहा र लिलाम सम्बन्धी प्रारम्भिक कार्यहरु गर्ने ।

४. वार्षिक जिन्सी निरीक्षण गराई अभिलेख दुरुस्त राख्ने ।

५. आवश्यकता अनुसार कार्यालयले वा अन्य सिनियर कर्मचारीहरुले तोकेको अन्य कार्यहरु गर्ने ।

 

कार्यालय सहयोगी

१. सरकारी चिठी पत्रहरु ल्याउने पु¥याउने ।

२. कार्यकक्ष र कार्यालय परिसर एवं सामग्रीहरुको सरसफाई गर्ने ।

३. कार्यालयको सुरक्षा गर्ने ।

४. समयमा कार्यालय खोल्ने र बन्द गर्ने कार्य गर्ने ।

५. आवश्यकता अनुसार कार्यालयले वा अन्य सिनियर कर्मचारीहरुले तोकेको अन्य कार्यहरु गर्ने ।

६. कार्यालय तथा कायाएलय कंपाउण्डको नियमित सर सफाई गर्ने ।

 

निकायवाट प्रदान गरिने सेवाहरु

खोरेत लागेको पशुवाट नमुना संकलन

पशुहरुमा खोरेत रोग लागेको सूचना प्राप्त भएपछि प्रभावित क्षेत्रवाट विरामी पशुहरुको मुख वा खुरका घाउहरुवाट श्रोत र साधनले भ्याए सम्म प्रयोगशालाका प्राविधिकहरु आफै गई वा संवन्धित जिल्ला हेर्ने पशु सेवा कार्यलयहरु वा पशुपन्छि रोग अनवेषण प्रयोगशालाहरुवाट नमुना संकलन गरि प्रयोगशाला निदानको लागि यस खोरेत तथा सिमाबिहिन पशुरोगअन्बेशण प्रयोगशालामा ल्याउने । यस कार्यको लागि पशुपालक कृषक, गाउपालिका वा नगरपालिका पशु सेवा शाखाका प्राविधिकहरु समेत सूचना संप्रेशन तथा नमुना संकलन गर्ने माध्यम हुनेछन् । संकलित नमुनाहरुलाई वरफमा राखि (कोल्डचेनको व्यवस्था गरि) संवन्धित पशुधनि र पशुको विवरण सहित प्रयोगशालामा उपलव्ध भएको हुनु पर्ने छ । वर्षभरीमा खोरेत रोग लागेको पशुवा६ नमुना संकलन गर्नु पर्ने लक्ष्य रहेको भएता पनि नमुना सकलन लक्ष्य प्रत्येक वर्ष वार्षिक कार्यक्रम तर्जुमा गर्दा निर्धारण गरिने छ ।

 

खोरेत भाईरस सिरो सरोटाईपिङ

रोग प्रभावित क्षेत्रवाट संकलित नमुनाहरु मध्येवाट निदानको लागि उपयुक्त नमुनाहरु प्रयोगशाला निदानको लागि प्रयोगमा ल्याइनेछन । खारेत भाईरसको प्रकार पहिचानको लागि World Reference Laboratory -UK/ IVRI Mukteswor Indiaवाट उपलव्ध गराईएका रिएजेन्टसहरु प्रयोग गरि Indirect Sandwitch ELISAप्रविधिवाट उपयुक्त नमुनाहरु प्रयोशालामा प्राप्त भएपछि भाईरस सिरोटाइपको पहिचान गरिन्छ । हालसम्म नेपालमा देखा परेका सिरोइपहरु O,A,C and Asia 1मध्ये कुनै एक सिरो६ाइप पत्ता लगाई संवन्धित पशु धनि वा नमुना संप्रेशन गर्ने व्याक्ति निकायमा जानकारी गराईने छ । वर्ष भरिमा भाईरस सिरोटाइपगर्ने लक्ष्य रहेको भएता पनि उक्त लक्ष्य प्रत्येक बर्ष बार्षिक कार्यक्रम तर्जुमा गर्दा निर्धारण गरिनेछ।

 

FMD Carrier Status

खोरेत लागेको पशु तथा नलागेको पशुहरुको रगतवाट सिरम संकलन गरि Antibody NSP ELISAप्रविधिवाट परिक्षण कार्य गरि खोरेत रोग नियन्त्रण कार्यक्रमलाई सहयोग पुर्याउने ।

FMD Vaccine Sero-Monitoring

खोरेत रोग विरुध्द खोप लगाइएको जनावरहरुको सिरम संकलन गरि जनावरहरु उक्त रोग प्रतिरोधात्मक क्षमता अध्ययान गर्ने ।

मालिकुलर डाइग्नोसिस

मोलिकुलर डाइग्नोसिस अन्तर्गत Molecular diagnosis प्रबिधिबाट खोरेत रोगको कारक तत्व पत्ता लगाउने ।

WOAH/OIE Reference प्रयोगशालामा नमुना पठाउने यस प्रयोगशालामा परिक्षण पश्चात नमुनाहरु WOAH/OIE Reference Lab मा Differentiation Diagnosis को लागि पठाउने ।

 

स्याम्पल मिडिया तयार गरि वितरण गर्ने

खोरेत रोग लागेको पशुवाट उपयुक्त नमुनाहरु संकलन गर्न प्रयोगशालाले 50 % पि.वि.एस.ग्लिसिरिन मिडिया तयार पारि संवन्धित नमुना संकलन गर्ने संस्था वा प्राविधिहरुलाई उपलब्ध गराउने छ । यसका लागि विजु वोतलमा प्रयोगशालामा पूणतया स्टेरिलाईजेसन गरि तयार पारिएको रातो रंगको मिडिया प्रत्येक बर्ष बार्षिक कार्यक्रम तर्जुमा गर्दा निर्धारण गरिन्छ ।

 

ल्याव एनिमल व्यावस्थापन

प्रयोगशालाको लागि विभिन्न प्रकारका मिडिया वनाउन तथा जैवीकीहरु (Biologicals)यि उत्पादन गर्ने काममा प्रयोगमा ल्याउन यस प्रयोगशालामा खरायो पालिदै आएको छ । यि जनावरहरुको लागि नर्मसमा व्यावस्था भए अनुसार दानाको उचित व्यावस्थापन गरिन्छ । समय समयमा आन्तरिक परिजिवि विरुध्द औषधि ख्वाउने, रोग विरुध्द खोप लगाउने तथा आवाश्यक्ता अनुसार अयोग्य जनावरलाई कलिङगरि हटाउने र स्वास्थ्य जनावरहरुलाई व्यवस्थित गराई राख्ने गरिन्छ । प्रयोगशाला जनावरहरु यस प्रयोगशाला प्रयोजनको लागि साथै पशु सेवा विभाग अन्तर्गतका अन्य कार्यालयहरुलाई उपलव्ध गराइनेछ ।

 

खोरेत रोग इपिडेमियोलोजिकल अन्वेषण

खोरेत रोगको लागि विभिन्न प्रकारका भाईरस सिरटाईपहरु कारक तत्व रहेका हुदा रोगको प्रकोपको स्थिति हेरि फैलिएको स्थान, रोग फैलिएको स्थानमा संलग्न भाईरस सिरटाइप, प्रभावित पशुको संख्या, प्रकार, मृत्यु संख्या तथा रोगको रोकथामको लागि प्रयोग भएको खोपको प्रभावकारिता, आदि विस्तृत अध्यान गर्दा रोगवाट उत्पन्न हुन सक्ने आर्थिक नोक्सानी संवन्धि आंकडा अनुमान गरि संवन्धित क्षेत्रका कृषकव्यावसायीहरुमा सुझाव प्रदान गर्न यो कार्यक्रम संचालन हुंदै आएकोछ । रोगको प्रकोप स्थिति र प्रयोगशाला निदान दुवैलाई तुलना गरि हेर्दा रोग नियन्त्रणका रणनीतिहरु तर्जुमा गर्न समेत थप मदत पुग्ने हुन्छ । यसका साथै प्रयोग भइरहेका भ्याक्सिनहरुको प्रभावकारिता तथा उपादेयता संवन्धमा पनि पशुपालक कृषकरव्यावसायीहरुमा स्पष्ट राय सुझाव प्रदान गर्ने ।

 

व्लुटङ सर्भिलेन्स कार्यक्रम

व्लुटङरोग राष्टिय प्राथमिक्ता प्राप्त सिमाविहिन पशु रोगहरु मध्येको एक प्रमुख रोग हो । यो रोग छिमेकी मुलुक भारतमा भेडाहरुमा पटक पटक देखिने गरेको छ । नेपाल विश्व व्यापार संघ को सदस्य राष्टभै सकेको परिप्रेक्ष्यमा पशु तथा पशुजन्य पदार्थको आयात निर्यातमा यो रोगको ठूलो महत्व रहने हुनाले र हाल सम्म नेपालमा रोग निदान संवन्धि कुनै पनि कार्यको थालनी नगरीएको तथा नेपालको भारत संग खुला सिमाना रहेकोले यो रोग नेपालमा पनि हुन सक्ने कुरालाई दृष्टिगत गरि आ.व. २०६१।०६२ वाट सिरोसर्भिलेन्स कार्यक्रम सुरुवात गरिएको हो । यस कार्यको लागि प्रारम्भिक चरणमा तराइका खास गरि भारत सित सिमा जोडिएका जिल्लाहरुवा६ भेडाको सिरम संकलन गरि व्लुटङ रोगको स्कृनिङगर्ने लक्ष्य रहेको । पहिलो वर्ष सुनसरी, धनुषा, नवलपरासी, र रुपन्देही यस कार्यको लागि छनौट गरिएका थिए भने दोश्रो वर्ष मध्ये पश्चिमान्चल तथा सुदुर पश्चिमान्चलका कम्तिमा पनि एक तराइ जिल्लावाट भेडाहरुमा सिरम संकलन गरि व्लुटङरोगको सर्भिलेन्स कार्य कम्पिटिसन ईलाइजा ( Competition ELISA) प्रविधिवाट गरिएको साथै नेपालका मध्ये पहाड तथा उच्च पहाडी जहां भेडाहरु पाईने जिल्लाहरु छन त्यस क्षेत्रहरुवाट सालवसाली रुपमा Clinical Sero survillance कार्य गरिने ।

 

क्लासिकल स्वाईनफिभर रोगको सर्भिलेन्स तथा रोग निदान

बंगुरमा लाग्ने सक्रामक रोगहरु मध्ये क्लासिकल स्वाइनफिभर रोग आर्थिक दिष्टिष्कोणले ज्यादै महत्वपूर्ण रोग हो । नेपालमा यो रोग वर्षेनी देखा पर्छ र यस रोगले गर्दा धेरै सुंगुर वंगुरहरुको मृत्य भई ठूलो आर्थिक क्षति हुने गरेकोछ । यस रोगको नमुना संकलनको लागि रोगी जनावरको तथा मरेको जनावरको Post mortem गरि अहरु Lymph Node, Kidney, lungs, Liver, Heart, Tonsil, Spleen १ देखि ३ ग्राम सम्मको नमुना लिई प्रयोगशाला परिक्षण कार्य गरिने ।

 

तालिम कार्यक्रम

यस प्रयोगशालामा विभिन्न पकारका रोगहरुको परिक्षण कार्य गर्नको लागि जिल्लाहरुवाट प्राप्त नमुनाहरु २५ प्रतिशत भन्दा कम संख्यामा मात्र गुणस्तरिय नमुना प्राप्त भएको हुंदा नमुना संकलन कार्यमा प्रभावकारी र गुणस्तरयुक्त वनाउनको लागि क्षेत्रिय प्रयोगशाला अन्तर्गतका प्रमुख तथा प्राविधिकहरुलाई र जिल्ला स्थित पशु सेवा हेर्ने प्रमुख तथा प्राविधिकहरुलाई नमुना संकलन तथा संप्रेशन संवन्धि तालिमको आयोजना गरिने।