परिचय

वि.सं. २०४० सालमा खोरेत रोग नियन्त्रण प्रयोगशालाको रुपमा स्थापना भएको यस प्रयोगशाला वि.सं. २०६१/०६२ देखि राष्ट्रिय खोरेत तथा महामारी रोग प्रयोगशालाको रुपमा स्थापना भएको हो । यस प्रयोगशालाले स्थापनाकाल देखि नै खोरेत रोग निदान कार्य गर्दै आएको छ । साथै राष्ट्रिय मह्त्वका अन्य सिमाबिहिन पशु रोगहरु जस्तैः क्लासिकल स्वाइन फिवर (बंगुरको हैजा) र भेडामा लाग्ने निलजिबे्र रोगको पनि पहिचान गर्ने कार्य गर्दै आएको छ ।

 सन् २००१ देखि २०१० सम्ममा खोरेत रोगको विषाणुको विभिन्न सेरोटायपहरु मध्ये ओ, (१४.५४५) ए, (०.४७५) र एसिया वन (२.५४५) पाईएको थियो । वि.सं. २०४७/०४८ मा देखिएको सि टायप वि.सं. २०५१/०५२ पछि देखा परेको छैन। वि.सं. २०७६/ ०७७ पछि एसिया वन र वि.सं. २०७८/०७९ पछि ए टायप  पनि देखा परेको छैनभने  हाल ओ सिरोटायप मात्र देखिएको छ । खोरेत रोग सार्क क्षेत्रमा नियन्त्रण गर्ने कार्य WOAH/OIE and SAARC Progressive Control Pathway मा यस प्रयोगशलाले सहभागीता जनाई देशको विभिन्न रोग नफैलिएको क्षेत्रहरु र खोप नलगाएका पशुहरुबाट सिरम संकलन गरि FMD NSP ELISA Test र खोप लगाएका जनावरहरुबाट संकलित सिरमहरु FMD Antibody ELISA विधिबाट Antibody पत्ता लगाउने कार्यहरु गर्दैआएको छ । यसका साथै ब्लासिकल स्वाइन फिवर रोगको सिरोमानिटोरिङ कार्य पनि गरि आएको छ ।