क्रियाकलाप तथा कार्य बिवरण

खोरेत तथा सीमाबिहिन पशुरोग अन्वेषण प्रयोगशालाको कार्यविवरण

 

  1. १. खोरेत, स्वाईनफिभर, ब्लुटङ्ग लगायतका महामारी रोगहरुको रोग अन्बेषणको लागि रिफरल प्रयोगशालाको रुपमा कार्य गर्ने ।
  2. २. खोरेत तथा अन्य ट्याड्स  रोगहरु नियन्त्रणका लागि राष्ट्रिय नीति, रणनीति तथा कार्यक्रमहरु तयार पार्न पशु सेवा विभाग लाई आवश्यक सहयोग पुर्याउने ।
  3. ३. रोग निदान सेवालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्कका आधारमा रोग नियन्त्रण कार्ययोजना तर्जुमा गर्ने ।
  4. ४. खोरेत, क्लासिकल स्वाइनफिभर तथा ब्लुटङ्ग रोगको सिरो सर्भिलेन्स गरी रोग नियन्त्रणमा  सहयोग  पुर्याउने ।
  5. ५. खोरेत, स्वाईनफिभर, ब्लुटङ्ग लगायतका महामारी रोगहरुको निदान गर्न आवश्यक पर्ने गुणस्तरयुक्त नमूना संकलन र  प्रेषणको लागि आवश्यक  रिएजेन्ट्स तथा डायगोनिष्टिक्स तयार गर्ने ।
  6. ६. राष्ट्रिय रोग नियन्त्रण कार्यक्रम अन्तरगत प्रयोग भएका खोरेत तथा स्वाईनफिभर खोपको प्रभावकारीता विष्लेषण गर्ने ।
  7. ७. रोग निदान प्रविधिलाई समय सापेक्ष विकास गरी प्रभावकारी बनाउने ।
  8. ८. राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयोगशालाहरुसंग समन्वय गरी रोग निदान, अन्वेषण तथा नियन्त्रण प्रकृयालाई हार्मोनाइज्ड गर्ने ।
  9. ९. प्रयोगशालाबाट छिटो छरितो तथा भरपर्दो रोग निदान सेवा उपलब्ध गराई पशुधन सुरक्षा गर्न सहयोग गर्ने ।
  10. १०. पशु रोग अन्वेषण प्रयोगशालाहरुमा आवश्यक आधुनिक रोग निदान सम्बन्धी प्रविधि विकास, विस्तार तथा हस्तान्तरण गर्ने ।
  11. ११. खोरेत, स्वाईनफिभर, ब्लुटङ्ग लगायतका महामारी रोगहरुबाट पशु तथा पशुजन्य उत्पादनमा पर्ने प्रतिकुल प्रभावको रोकथाम तथा नियन्त्रणको लागि कृषकवर्ग  र अन्य सरोकारवालाहरुमा जनचेतना अभिवृद्घि गर्ने ।
  12. १२. खोरेत, स्वाईनफिभर, ब्लुटङ्ग लगाएतका महामारी रोगहरुको अन्वेषण तथा निदान सम्बन्धी कार्य गर्न, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समन्वय गर्ने ।
  13. १३. अन्तर्राष्ट्रिय रिफरल प्रयोगशालासँग समन्वय गरी प्रोफिसियन्सी टेस्टिङमा सहभागी हुने ।
  14. १४. ल्याबोरेटोरी सूचना व्यवस्थापन प्रणाली संचालन गर्ने ।

 

नमुना परिक्षण तथा विष्लेषण शाखा

१. नमुना संकलन, परिक्षण तथा विष्लेषण संबन्धी प्रयोगशालाको कार्य योजना तयार गरी कार्यान्वयन गर्ने ।

२. खोरेत तथा क्लासिकल  स्वाइन  फिभर  विषाणुको  प्रकार पहिचान गर्ने ।

३ राष्ट्रिय रोग नियन्त्रण कार्यक्रम अन्तरगत प्रयोग भएका खोरेत तथा स्वाईनफिवर खोपको प्रभावकारीता सिरोमोनिटोरिङ्ग गरि विष्लेषण गर्ने।

४. खोरेत, क्लासिकल स्वाइन फिवर तथा ब्लुटङ्ग रोगको सिरो सर्भिलेन्स गर्ने ।

५. परीक्षण गरिएका नमूनाहरुको नतीजा समयमा सम्बन्धित निकायमा पठाउने व्यवस्था मिलाउने ।

६.प्रयोगशाला सम्बन्धि कागजातहरुको रेकर्ड राख्ने ।

 

मोलिकुलर वायोलोजि शाखा

१. नमुना परिक्षण तथा विष्लेषण संबन्धी प्रयोगशालाको कार्य योजना तयार गरी कार्यान्वयन गर्ने ।

२. पिसिआर विधीद्धारा खोरेत रोगको भाईरसको सेरो टाईपिंग गरी क्यारेक्टराईजेशन गर्ने ।

३. पिसिआर विधिद्धारा क्लासिकल स्वाइन फिवर रोगको भाईरसको भए नभएको निदान गर्ने ।

४.परीक्षण गरिएका नमूनाहरुको नतीजा समयममा  सम्बन्धित निकायमा पठाउने व्यवस्था मिलाउने

५.  नविनतम मलिकुलर वायोटेक्नोलोजीको माध्यमबाट पशुका रोगको छोटो र सुरक्षित तरिकाले विशेष परीक्षण गर्ने ।

 

जैविक सुरक्षा तथा गुण नियन्त्रण  शाखा

१. प्रयोगशालाको वातावरण तथा प्रयोगशालामा काम गर्ने प्राबिधिकहरुको जैबिक सुरक्षा राख्ने कार्य गर्ने  ।

२. प्रयोगशालामा गरिने परिक्षण बिधिहरुको गुण नियन्त्रण गर्ने ।

३. केमिकल्स, रिएजेन्ट्स तथा मिडियाहरुको सुरक्षित तरिकाले राख्ने व्यवस्था मिलाउने ।

४. प्रयोगशाला र प्रयोगशाला उपकरणको सरसफाई तथा निर्मलिकरण गर्ने व्यवस्था मिलाउने ।

५. प्रयोगशाला परीक्षण पश्चात उत्पन्न हुने जैविक तथा अन्य पदार्थको सुरक्षित तरिकाले डिस्पोज गर्ने व्यवस्था मिलाउने ।

 

प्रशासन शाखा

१. प्रयोगशालाको कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने ।

२. प्रयोगशालाको जिन्सी व्यवस्थापन लगायत अन्य सम्पूर्ण प्रशासनिक कार्यहरु संचालन गर्ने ।

३. प्रयोगशालाको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।