हाम्रो सेवाहरु

यस प्रयाेगशालावाट प्रदान गरिने सेवाहरू:

१. पशुहरूमा लाग्ने खाेरेत, वंगुरहरूमा लाग्ने Classical Swine Fever , भेडामा लाग्ने Blue Tongue राेगहरूकाे अन्वेषण तथा प्रयाेगशाला निदान कार्य गरी राेग नियन्त्रणमा सहयाेग पुराउने ।

२. खाेरेत तथा अन्य सिमाबिहिन पशुरोगहरु नियन्त्रणका कार्यक्रमहरू संचालन तथा प्रचार प्रशार गर्ने।

३. पशु स्वास्थ्य क्षेत्रमा कायर्रत प्राविधिकहरूलाइ खाेरेत तथा अन्य टाड्स राेग निदान तथा नियन्त्रण प्रविधि वारे तालिम दिने ।

४. खाेरेत तथा अन्य टाड्स राेग अन्वेषण निदान तथा नियन्त्रण सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयाेगशाला संग समन्वय गने।

५. कृषकहरूकाे आवश्यक्ता अनुसार खोरेत तथा अन्य टाड्स राेग संवन्धी प्राविधिक सरसल्लाह दिने।