हाम्रो उद्देश्य

१. खोरेत, क्लासिकल स्वाइन फिवर (बंगुरको हैजा) र भेडामा लाग्ने निलजिव्रे रोगको पहिचान र निदानको लागि राष्ट्रिय प्रयोगशालाको रुपमा कार्य गर्ने ।

 

२. खोरेत तथा सिमाबिहिन पशुरोग निदान र नियन्त्रणको लागि नीति, रणनीति, कार्यक्रमहरु तयार गर्नमा पशु सेवा विभागलाई सहयोग गर्ने ।

 

३. खोरेत तथा अन्य सिमाबिहिन पशुरोग निदानकोे लागि प्रयोग गर्ने विभिन्न निदान विधिहरुमा सुधार गर्दै लैजाने ।

 

४. खोरेत , स्वाइन फिवर र भेडामा लाग्ने निलजिव्रे रोगको सिरो-सर्भीलेन्स गर्ने ।

 

५. खोरेत र सिमाबिहिन पशुरोग बारे जनचेतना अभिवृध्दि गर्ने ।

 

६. खोरेत तथा क्लासिकल स्वाइन फिवर रोग बिरुद्ध दिइने खोपको प्रभाबकारीता अध्ययन गर्ने